उदयपुरः जीप दुर्घटनामा चारजनाको मृत्यु
उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना.१ ज. ३४०४ नं.को सुमो जीप १३ कात्तिक दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा चार जनाको जटनास्थलमै मृत्यु भएको छ ।
जीप कटारी–११ खाँडीमा सडकबाट खसेर भएको दुर्घटनामा छजना अझै नभेटिएको इलाका प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताए ।
प्रहरी घटनास्थलतर्फ गइसकेकाले घटनाको विस्तृत विवरण केहीबेरमा आउने उनले बताए ।