गुल्मी दुर्घटना अपडेटः ७ जनाको मृत्यु, ६ घाइते
बुटवलबाट गुल्मी सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
बुटवलबाट तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माइक्रो गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी ६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।
दुर्घटनमा मृत्यु हुने र घाइतेहरुको सनाखत हुन सकेको छैन् । घाइतेहरुको पाल्पा र जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ ।
माइक्रोमा चालकसहित १५ जना सवार थिए ।
प्रेमनारायण आचार्य, गुल्मी