गुल्मीमा हाइस दुर्घटना, ७ जना गम्भीर घाइते
रुपन्देहीको बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको हाइस दुर्घटना भएको छ ।
बा ४ ख ५५०१ नम्बरको हाइस गुल्मीदरबार गाउँपालिका बिरवासमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ७ जना यात्रु गम्भीर घाइते भएका छन् । घाइतेको पाल्पा र जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गाडीमा चालकसहित १५ जना यात्रु सवार थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।