न्यूयोर्कमा तीन संस्थालाई प्रशंसापत्र
न्यूयोर्क शहरको लेखा नियन्त्रक कार्यालयबाट अमेरिकामा कार्यरत एक नेपालीसहित तीन सामुदायिक संस्थाहरुले प्रशंसापत्र पाएका छन् ।
न्यूयोर्क शहरको सामुदायिक विकासमा भूमिका खेलेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना), छाँया सामुदायिक विकास संस्था र दक्षिण एशियाली सामाजिक सेवा परिषद्लाई न्यूयोर्कका लेखा नियन्त्रक स्कट स्ट्रिङगरले प्रशंसापत्र प्रदान गरेका हुन ।
प्रशंसापत्र प्रदान गर्ने क्रममा लेखा नियन्त्रक स्ट्रिङ्गरले विविधता नै न्यूयोर्क शहरको विशेषता रहेको बताउँदै समुदायलाई योगदान दिने संस्था तथा व्यक्ति पनि सम्पदा नै भएको बताए ।
प्रशंसापत्र लिए पछि नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) का अध्यक्ष लुइसाङ वाइबाले न्यूयोर्क शहरका लेखा नियन्त्रक स्कट स्ट्रिङगरलाई तामाङ मौलिक परम्परागत टोपी लगाइदिएका थिए ।
ङिमा पाख्रिन, न्युयोर्क