उत्सव एक्स्प्रेस योजनाका विजेता
सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको सातौं हप्ताका विजेताहरु घोषणा गरेको छ ।
कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का र ओप्पो फोन विजेताको घोषणा गरेको हो ।
सिटी एक्स्प्रेसले दशैं तथा तिहारको अवसरमा उपहार योजना ल्याएको थियो ।
सिटी एक्स्प्रेसकाअनुसार योजनाअन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्नेछन् ।
त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ ।
योजनाको अन्त्यमा एक जना विजेताले बम्पर उपहारका रुपमा रेनल्टको क्विड आरएक्सएल कार जित्ने कम्पनीले जनाएको छ ।