इङ्ग्ल्याण्ड बन्यो यु-१७ विश्वकप च्याम्पियन
स्पेनलाई ५-२ गोलले पराजित गर्दै इङ्ग्ल्याण्डले फिफा यु-१७ विश्वकपको उपाधि जितेको छ । भारतको कलकत्तामा ११ कार्तिकमा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले दुई गोलले पछि परेको अवस्थालाई उल्टाएर उपाधि जितेको हो ।
सारजिओ गोमेजले १० र ३१ औं मिनेटमा गोल गरेर स्पेनलाई अग्रता दिलाएका थिए । इङ्ग्ल्याण्डका लागि पहिलो गोल आर ब्रेस्टरले ४४ औं मिनेटमा गरे ।
गिब्बसले ५८ औं मिनेटमा गोल गरेपछि खेल २-२ को बराबरीमा आयो । त्यसपछि फोडेनले ६९ औं र ८८ औं तथा एम गुहीले ८४ औं मिनेटमा गोल गरेर स्पेनको युवा टोलीलाई स्तब्ध पारेका हुन ।
आजै भएको अर्को खेलमा मालीलाई २-० ले पारजित गर्दै ब्राजील तेस्रो भयो । इङ्ग्ल्याण्डका फिल फोडेन उत्कृष्ट खेलाडी र आठ गोल गरेका आर ब्रेस्टरले गोल्डेन बुट प्राप्त गरे । ब्राजीलका गोल किपर गाब्रिल ब्राजाओले गोल्डेन ग्लब प्राप्त गरे ।