राजविराजबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा वेपत्ता
सप्तरीको राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशुली नदीमा वेपत्ता भएको छ ।
बस धादिङको गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशुली नदीमा खसेर वेपत्ता भएको हो ।
दुर्घटनास्थलबाट १५ यात्रुको उद्धार गरिएको गजुरी प्रहरीले जनाएको छ । बसको नम्बर र यात्रु संख्या एकीन हुन नसकेको प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।
घाइतेको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको छ ।