रिडी हाइड्रोले छ प्रतिशत बोनस शेयर दिने
रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शेयरधनीलाई छ प्रतिशत बोनस शेयर दिने भएको छ ।
कम्पनीको आज सम्पन्न १६औं वार्षिक साधारणसभाले शेयरधनीलाई नगद लाभांश उपलव्ध गराउने निर्णय गरेको हो ।
गुल्मीको रिडीमा कम्पनीले २.४ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।
कम्पनीले यसै वर्ष निर्माण सम्पन्न गर्नेगरी ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । त्यस्तै बुटवलमा ८.५ मेगावाट क्षमताको ग्रिडमा जोडिने सौर्य ऊर्जा प्रणाली निर्माण गर्ने अनुमतिपत्र पनि पाइसकेको छ ।
सौर्य प्रणाली जडानका लागि कम्पनीले अधिकृत पूँजीमा वृद्धि गरी रु एक अर्ब पु¥याउने प्रस्ताव पारित गरेको सञ्चालक समितिका अध्यक्ष बच्छराज तातेडले जानकारी दिए । रासस