फिल्म साउथएशियाको मोबाइल एप जारी
फिल्म साउथएशिया २०१७ वृत्तचित्र महोत्सवका लागि आज आधिकारिक मोबाइल एप जारी गरिएको छ ।
दक्षिण एशियाको प्रतिष्ठित वृत्तचित्र महोत्सबको एघारौ संस्करण १६ कात्तिकदेखि शुरु हुदैछ ।
फिल्म साउथएसिया २०१७ नाममा आइफोन र एन्ड्रोइड मोबाइल फोनका लागि एप्पल एप स्टोर र गुगल प्लेस्टोरमा उपलब्ध रहेको उक्त एपबाट महोत्सवका देखाइने सबै वृत्तचित्रका जानकारी, देखाइने मिति र समयका साथसाथै मोबाइलको क्यालेण्डरमा आफूलाई हेर्न मन लागेका वृत्तचित्रलाई राखेर अलार्म समेत राख्न सकिने गरि बनाइएको छ ।
साथसाथै फेसबुक वा ट्विटरबाट साइन इन गरेर मोबाइल एपमा आफ्नो विचार र फोटो शेयर गर्ने एंव अन्य एप प्रयोगकर्ताहरुसँग गाँसिने र सन्देश आदानप्रदान गर्ने सुविधा राखिएको छ ।