बाँकेमा ३२७ मतदान केन्द्र स्थापना
२१ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बाँकेमा ३२७ मतदान केन्द्र कायम गरिएको छ ।
मतदानस्थल भने साविकको १३६ कायम गरिएको बाँकेका क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले जानकारी दिए ।
स्थानीय तह चुनावमा जिल्लामा १३६ मतदानस्थलमा २९५ वटा मतदान केन्द्र रहेका थिए । स्थानीय तह निर्वाचनभन्दा यसपटक करिब ३० हजार मतदाता थप भएका कारण मतदान केन्द्र पनि थपिएका हुन् ।
निर्वाचन आयोगले एक हजार ६४ मतदाता रहेको क्षेत्रमा एउटा मतदान केन्द्र बनाउने मापदण्ड बनाएअनुसार जिल्लामा ३२७ मतदान केन्द्र तोकिएको हो ।
बाँके जिल्लामा दुई लाख ७६ हजार ७१८ मतदाता रहेका छन । रासस