बजाजको ६ लाख विजेता
बजाजको दशैं तिहार योजना ६ नि शान अन्तर्गत धापासीका दोलराज भण्डारीले ६ लाख नगद जितेका छन् ।
काठमाडौंको टेकुस्थित एचएच बजाजको शोरुमबाट बजाज बाइक खरिद गरेर कुपन स्क्रयाच गर्दा भण्डारीले ६ लाख प्राप्त गरेका हुन् ।
यो योजनाअन्तर्गत ग्राहकले बजाज बाइकको खरिदमा एउटा स्क्रयाच कार्ड प्राप्त गर्छन् । जसमार्फत ग्राहकले ६ हजारदेखि रु ६ लाखसम्म जित्ने अवसर पाउने छन् ।
योजना अझै कायम रहेको कम्पनीले जनाएको छ ।