पोखरामा लागूऔषधसहित ८ जना पक्राउ
पोखराको पृथ्वीचोकबाट प्रहरीले लागूऔषध सहित ८ जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो पोखराको प्रहरी टोलीले लागूऔषधको कारोबार गर्ने गिरोह नै पक्राउ गरेको जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट नर्फिन ५ सय थान, डाइजापाम ५ सय थान र फेनारगन ५ सय थान गरी जम्मा १५ सय थान लागूऔषध बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको बाफरगञ्जका ४० वर्षीय शिवकुमार निषाद, पोखरा बाँझापाटनका ४१ वर्षीय इन्द्रप्रसाद गुरुङ, पोखरा नागढुङ्गाका २० वर्षीय दिपेन क्षेत्री, धादिङ खनेबासका ४४ वर्षीय कल्याण तामाङ, सोही ठाउँका ३० वर्षीय एलिया तामाङ, तनहुँ शुक्लागण्डकीका ३२ वर्षीय मेखबहादुर गुरुङ, पोखरा रानिपौवाका २४ वर्षीय सम्राट राणा र स्याङजा पुतलीबजार घर भई लु १ ख ३०६५ नम्बरको बुटवल काठमाडौं चल्ने बसका सहचालक २४ वर्षीय अजय शाही छन् ।
उनीहरु पोखराबाहेक अन्य शहरहरुमा पनि लागूऔषध कारोबार गर्नेगरेको प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ बताए ।
युवराज श्रेष्ठ, पोखरा