मोटोरोलाका चार स्मार्टफोन सार्वजनिक
मोटोरोलाले विभिन्न चार प्रकारका स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ ।
मोटोरोलाले मोटो ई–४ प्लस, ई–४, मोटो सी प्लस र मोटो सी गरी चार वटा स्मार्टफोन सार्वजनिक गरेको हो ।
नेपालमा लाइफकमले मोटोरोला स्मार्टफोनको बिक्री वितरण शुरु गरेको छ ।
उत्कृष्ट प्रोसेसर, ब्याट्री क्षमता, क्यामेरा तथा स्तरीय बडी यी फोनहरुको विशेषता रहेको कम्पनीले जनाएको छ ।
मोटो ई–४ प्लसमा ५.५ को एचडी डिस्प्ले, १३ मेगापिक्सलेको रियर क्यामेरा रहेको छ । त्यस्तै २८०० एमएएचको ब्याट्री रहेको ई–४ मा ५ मेगापिक्सलेको फ्रन्ट र ८ मेगापिक्सलको अटोफोकस क्यामेरा रहेको छ ।
५ इन्चको एचडी डिस्प्ले रहेको मोटो सी प्लसमा ४००० एमएएचको ब्याट्री रहेको छ भने ५ इन्चकै डिस्प्ले रहेको मोटो सी मा ५ मेगापिक्सलको रियर र २ मेगा पिक्सलको फ्रन्ट क्यामेरा रहेको छ ।
कम्पनीले ५००० एमएएच क्षमताको ब्याट्री रहेको मोटो ई–४ प्लसको रु. २० हजार ९९० तोकेको छ । त्यसैगरी ई–४ को १६ हजार २९०, मोटो सी प्लसको १३ हजार ९९० र मोटो सीको १० हजार ९९० रुपैयाँ तोकेको छ ।