राष्ट्रपतिद्वारा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।
निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपति भण्डारीले सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् ।
संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस