शिखर शुज मेला शुरु
६ कार्तिकदेखि काठमाडौंको भृकुटीमण्डपमा शिखर शुज मेला शुरु भएको छ ।
मेलाको उद्घाटन पूर्वमन्त्री गगन थापा र उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले गरेका हुन् ।
२० दिनसम्म चल्ने मेलामा शिखर शुजका हरेक जुत्ता, चप्पलहरुमा १० देखि ७० प्रतिशतसम्म छुट रहेको कम्पनीले जनाएको छ ।
शिखरले हरेक उमेर समुहको लागि चप्पल, जुत्ता, बुटलगायत करीब चार सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आइरहेको छ ।
कम्पनीले हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिइरहेको छ ।