चिनियाँ राष्ट्रपति सी सिपीसीको प्रमुखमा पुनः निर्वाचित
चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको अर्को पाँचबर्षे कार्यकालका लागि पनि निर्वाचित भएका छन् ।
राजधानी बेइजिङ्मा जारी चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले उनलाई महासचिव (प्रमुख) मदमा पुन अर्को पाँच बर्षका लागि निर्वाचित गरेको हो ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले बुधबार मतदान गरी सीलाई अर्को पाँच बर्षे कार्यकालका लागि पनि पार्टीको महासचिव चयन गरेको हो ।
महाधिवेशनले नै हिजो आगामी कार्यकालका लागि कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यहरु पनि नियुक्त गरेको छ ।
उक्त महाधिवेशले राष्ट्रपति चिनफिङको नाम तथा उनको विषयमा पार्टि विधानमै लेख्ने निर्णय पनि गरेको थियो । जसका कारण उनी चिनियाँ नेता माओ पछिको सबैभन्दा बढी लोकप्रीय र शक्तिशाली बन्ने निश्चित भएको छ ।
उनले चिनियाँ कम्युनिष्ट पार्टीमा र चीनमा अख्तियार गरेको नीति र कार्यक्रमलाई अब चीनको प्रमुख नीतिका रुपमा लिइने र त्यस विषयमा चिनियाँ विद्यालय र विश्वविद्यालयमा पनि अध्ययन अध्यापन गरिने छ ।
चिनफिङले बुधबार बिहानै आफू चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा नियुक्त भएको जानकारी पत्रकार सम्मेलनमा गराएका थिए ।
उनले सो पत्रकार सम्मेलन गरिरहँदा उनको साथमा हिजोमात्र नियुक्त भएका चिनियाँ कम्युनिष्ट पार्टीका ६ जना पोलिटब्युरो सदस्य पनि थिए ।