तिहारपछि शेयर बजारमा हरियो संकेत
तिहार विदापछिको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.५७ अंकले बढेको छ । ५ कार्तिकमा विभिन्न कम्पनीका ८ लाख ७२ हजार ३३० कित्ता शेयर करिब रु. ३७ करोडमा कारोबार भएको हो ।
पाँच प्रतिशत भन्दा बढी कमाउनेमा अरुण काबेली हाईड्रो, जेबिल्स फाइनान्स र बरुण हाईड्रोका शेयर होल्डर्स छन् । सिन्धु विकास ब्याङ्क, सोल्टी होटल, नेरुदे लघुवित्त, मञ्जुश्री फाइनान्स, एनआईसी एसिया र एनएमबी हाइव्रिड फन्डको शेयर भने दुई प्रतिशत भन्दा बढीले घटेको छ ।
चिलिमे हाइड्रोपावर, वुटवल पावर, नेपाल इन्भेष्टमेन्ट ब्याङ्कको प्रमोटर शेयर, चिलिमे लघुवित्त, एनआइसि एशिया, प्राइम कमर्सियल ब्याङ्क, सिभिल ब्याङ्क, एसिसि ब्याङ्क, सनराइज ब्याङ्क र प्रभु इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भयो ।