भेरीमा बस खस्यो, दुईजनाको मृत्यु
जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाबाट सुर्खेततर्फ जाँदै गरेको काँक्रेबिहार यातायात समितिको मे. १ ख. ७२२ नं.को बस भेरीमा खस्दा दुईजनाको मृत्यु भएको छ ।
३ कात्तिकमा भएको दुर्घटनामा १२ जना घाइते भएका छन् । छिन्चु जाजरकोट सडक खण्डको सिम्ता गाउँपालिकास्थित बालीखोला नजिकैको भीरबाट बस भेरी नदीमा खसेको प्रत्यक्षदर्शी पशुपति शाहीले बताए ।
बसमा २५ जना यात्रु सवार थिए । मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस