पूर्णरूपमा संविधान कार्यान्वयनको बेला आयो: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकाल अन्त्य गरी पूर्णरूपमा संविधान कार्यान्वयनको बेला आएको बताएका छन् ।
मध्यपुरथिमिस्थित शंखधर चोकमा आज राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको साख्वाको शालिकमा माल्यार्पण तथा सम्मान कार्यक्रममा उनले भने, “हामी संविधानको पूर्ण कार्यान्वयन र संक्रमणकाल अन्त्य गर्ने चरणमा आएका छौं, आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरेर यसलाई पूरा गर्न सक्छौं, त्यसैले निर्वाचन सफल पार्न सबैको सहयोग रहने विश्वास लिएका छौं ।”
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा लाग्न प्रेरणा दिने नेपाल संवत्का प्रवर्द्धक साख्वाको योगदानको चर्चा गर्दै उनले यो संवत् नेपालीको मौलिक संवत् भएको बताए ।
प्रधानमन्त्री देउवाले शंखधर बुलेटिन विमोचन गर्नुका साथै नरेन्द्रभक्त हाडा र देवेन्द्रकुमार मल्ललाई सम्मान गरेका थिए ।
रक्षामन्त्री भीमसेनदास प्रधानले साख्वाका बारेमा पाठ्यक्रममा समावेश गर्न र आसन्न निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताएका थिए ।
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा, एमालेका कृष्णगोपाल श्रेष्ठ, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्य, मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रतिष्ठानका पूर्व अध्यक्ष मदनकृष्ण श्रेष्ठ, उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठलगायतले नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउनुप