निर्वाचनमा भाग लिन सबै दललाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले १० र २१ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।
नेपाल संवत् ११३८ समारोह समितिद्वारा ललितपुरमा ३ कात्तिकमा आयोजित सांस्कृतिक ¥यालीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मंसिरमा हुने दुवै निर्वाचनले संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने बताए ।
उनले नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा राज्यले मान्यता दिइसकेकाले नेवार समुदायमा मात्र सीमित नभएर सबैले मनाउनुपर्ने बताए ।
समितिका अध्यक्ष एवं श्रेष्ठ समाजका महासचिव सुवर्णमान अमात्यले नेपाल संवत्लाई राष्ट्रियरुपमा मनाउनुपर्नेमा जोड दिए ।
सांस्कृतिक ¥याली पाटन दरबार, मंगलबजारबाट शुरु भएर पाटनकै सुन्धारा, वकुबहाल, पूर्णचण्डी, पुल्चोक, कुम्भेश्वर भएर मंगलबजारमा आएर समापन भएको थियो । रासस