थप समाचारबिहिबार, २ कार्तिक , २०७४

देवघाटमा नुहाउने क्रममा डुबेर दाजुभाइ बेपत्ता

हिमालखबर

देवघाट धाममा श्राद्ध गर्न आएका दुई दाजुभाइ नुहाउने क्रममा आज दिउँसो नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार डुबेर बेपत्ता हुनेमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र उहाँका भाई २८ वर्षीय राजकुमार श्रेष्ठ हुन । 

दिउँसो १ बजे श्राद्ध गर्न पूर्व देवघाटतर्फको नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएका हुन् । 

प्रहरीले बेपत्ता श्रेष्ठ दाजुभाईको खोजी कार्य गरिरहेको छ । 

प्रतिकृया दिनुहोस