बेग्लाबेग्लै मतपत्र हुनुपर्ने सर्वेन्द्रनाथ शुक्लको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउने
राजपा नेता सर्वेन्द्रनाथ शुक्लले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपत्र बेग्लाबेग्लै बनाउनु पर्ने माग गर्दै दायर गरेको रिटको फैसला आज हुँदैछ ।
नेता शुक्लाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपत्र बेग्लाबेग्लै बनाउनुपर्ने माग गर्दै २२ असोजमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
उक्त निवेदनमाथि २४ असोजमा सुनुवाइ भएर कारण देखाउ आदेश जारी भई ३१ असोजमा छलफलमा बोलाइएको थियो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा रहेको उक्त मुद्दामा आजै फैसला आउन सक्ने सम्भावना छ ।
शुक्लले दुबै सभाको एउटै मतपत्र हुँदा मतदातालाई असहज हुने भन्दै फरक फरक मतपत्रको व्यवस्था गर्न माग गरेका छन्।