मन्त्रिपरिषद् हेरफेर, माओवादीका मन्त्रीलाई ‘विनाविभागीय’
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र)का सबै मन्त्री तथा राज्यमन्त्रीहरुलाई ‘विनाविभागीय’ बनाउदै मन्त्रिपरिषद् हेरफेर गरेका हुन ।
३१ असोजमा गरिएको मन्त्रिपरिषद् हेरफेरमा प्रधानमन्त्री देउवाले गृह, परराष्ट्र, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि, शान्ति तथा पुनःनिर्माण र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी आफैले लिएका छन् ।
त्यस्तै उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रीको जिम्मेवारी दिइएको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई विनाविभागीय बनाइएको छ भने अर्का उप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई शिक्षा मन्त्रालयमा यथावत राखिएको छ ।