कला/साहित्यमंगलवार, आश्विन ३१, २०७४

‘निश्चल आँखा तिम्रो’ सार्वजनिक

हिमालखबर

गायक राम लिम्बूको नयाँ गीत ‘निश्चल आँखा तिम्रो’ यू–ट्यूबमार्फत सार्वजनिक गरिएको छ ।

गायक लिम्बूकै शब्द र संगीत रहेको गीतमा संगीत संयोजन अमित गुरुङले गरेका छन । राम्रो गीत र स्तरीय भिडियो भएकोले दर्शक तथा स्रोताले मन पराउनेमा आशावादी रहेको गायक लिम्बूको भनाइ छ ।

निराजन प्रधान र मेलिसा खतिवडाले अभिनय गरेका छन । फलानो क्रियशनले तयार पारेको भिडियोको सम्पादन तथा निर्देशन अपिल त्रिपाठीले गरेका हुन । सरोज अधिकारीले छायांकन गरेको भिडियोमा टेकेन्द्र शाहले रंग संयोजन गरेका छन् । ।

प्रतिकृया दिनुहोस