राप्रपाका संस्थापक पूर्वमन्त्री आचार्यको निधन
राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको आज बिहान निधन भएको छ ।
लामो समयदेखि फोक्सोको अर्बुदको उपचार गराइरहेका ८० वर्षीय आचार्यको आफ्नै निवास महाराजगञ्ज, कपनमार्गमा निधन भएको हो ।
रसुवा जिल्लाबाट जनप्रतिनिधिका रुपमा उनले लामो सयसम्म राजनीति गरेका थिए । उनले स्थानीय विकास र विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार पनि सम्हालेका थिए ।
आचार्यको पार्थिव शरीरलाई राप्रपाको पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा अपराह्न २ देखि ३ बजेम्म श्रद्धाञ्जलिका लागि राखिने राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । उनको आजै आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
उनका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् ।