थप समाचारसोमबार, ३० आश्विन , २०७४

खोपकेको अध्यक्षमा पुनः शर्मा

हिमालखबर

खोज पत्रकारिता केन्द्र, नेपाल (खोपके) को अध्यक्षमा पुनः नम्रता शर्मा चयन भएकी छन् ।

३० असोजमा सम्पन्न केन्द्रको दशौं वार्षिक साधारणसभाले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । खोपकेको उपाध्यक्षमा ध्रुव बस्नेत, महासचिवमा रामजी दाहाल र कोषाध्यक्षमा इन्द्र श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा चन्द्रकिशोर झा, रविन सायमी र इन्दिरा अर्याल निर्विरोध निर्वाचित भएका छन् । खोपके २१ वर्ष अघि स्थापना भएको थियो ।

प्रतिकृया दिनुहोस