थप समाचारसोमबार, ३० आश्विन , २०७४

सोमालिया आक्रमणमा २७६ जनाको मृत्यु

हिमालखबर

सोमालियाको राजधानी मोगादिशुको एक सफारी होटेलमा २९ असोजमा भएको विष्फोटमा परी २७६ जनाको मृत्यु भएको छ ।

सोमालियाका सभामुख अबसिर अफसर मोहम्मदले ३० असोजमा दिएको जानकारीअनुसार सो आक्रमणमा ज्यान जाने सर्वसाधारण नागरिकको संख्या २७६ पुगेको छ । अरु कैयौँ घाइते छन् । दर्जनौँ घाइतेको अत्यन्तै गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

सोमालियाली अधिकारीहरुले उक्त आक्रमणबाट घाइते भएका व्यक्तिको सङ्ख्या पनि करिब ३०० रहेको जनाएका छन् । यो हमलालाई निकै दर्दनाक भनिएको छ ।

सोमालियाली राजधानी मोगादिसुको अति ब्यस्त बजारलाई लक्षित गरी सो आतङ्ककारी हमला गरिएको थियो । सोमालियाका सभामुख मोहम्मदले मारिने व्यक्तिको सो संख्याको पुष्टीगर्दै सो आक्रमणपछिको अवस्थाको बारेमा सहयोग गर्न आग्रह गरेका छन् ।


उनले सिन्ह्वा न्यूज एजेन्सीसँगको कुराकानीमा भने, “हामी सोमालियाको माथिल्लो संसदका सबैजना सदस्य ती मृतकहरु राखिएका अस्पतालमा पुगेर उनीहरुको अन्ति संस्कारमा सहभागी भएका छौँ ।”

मृतकमध्ये अधिकांशको शरीर डढेर पहिचान गर्न नसकिने अवस्थामा रहेको प्रहरी अधिकारी इब्राहिम मोहम्मदले बताए । तर घटना गम्भीर प्रकृतिको भएकोले मृतक वा घाइतेको सङ्ख्या अझै धेरै रहेको त्यस समयमा मृतक सङ्ख्या अझै केही बढ्नसक्ने जनाएको छ ।


विष्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन । सो हमलाबाट घाइते भएका नागरिकलाई रक्तदान गर्न ठूलो संख्याका सर्वसाधारण लाम लागेर अस्पतालकोअगाडि बसेका थिए । उनीहरुमा सो आक्रमणको त्रास फैलिएको थियो । यस हमलाको सर्वत्र निन्दा गरिएको छ ।

प्रतिकृया दिनुहोस