अर्थ/बजारसोमवार, आश्विन ३०, २०७४

ताप्लेजुङमा लक्ष्मी ब्यांकको शाखा

हिमालखबर

ताप्लेजुङको, फुङग्लिङमा लक्ष्मी ब्यांकले नयाँ शाखा सञ्चालनमा गरेकोे छ ।

ताप्जेलुङमा 'क' श्रेणीको निजी ब्यांकको यो पहिलो शाखा हो ।

फुङग्लिङ शाखाबाट ब्यांकले इन्टरनेट तथा मोबाइल ब्यांकिङ मार्फत पनि सेवा दिने जनाएको छ ।

हालसम्म लक्ष्मी ब्यांकले ४१ जिल्लामा ७२ शाखा विस्तार गरेको छ । तीन हस्पिटल सेवा र ९३ एटीएम मार्फत सेवा दिइरहेको ब्यांकले जनाएको छ ।

ब्यांकले संयुक्त राष्ट्र संघ पूँजी विकास कोष तथा लक्ष्मी ब्यांकको “उन्नति– वित्तमा पहुँच” संयुक्त परियोजना अन्तर्गत पूर्वाञ्चलका ९ जिल्लाका ग्रामीण भेगमा शाखा विस्तार गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस