थप समाचारआइतबार, २९ आश्विन , २०७४

करेन्ट लागेर दुई जनाको मृत्यु

हिमालखबर

वीरगन्ज महानगरपालिकाको लक्ष्मणवामा २९ असोज बिहान करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

चापाकलमा जडान गरिएको पानी तान्ने मोटरबाट करेन्ट लागेर ६० वर्षीया कान्ति देवी र ४८ वर्षीया जागोदेवी सोनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको पर्साका प्रहरी नायव उपरिक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

सुरेश बिडारी, वीरगञ्ज

 

प्रतिकृया दिनुहोस