नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ७ बजे
राष्ट्रपति विद्याभण्डारीले नवनियुक्त मन्त्रीहरुलाई आज साँझ शपथग्रहण गराउने कार्यक्रम तय भएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार मन्त्रीहरुको सपथ साँझ ७ बजेका लागि तय भएको छ । यसअघि राष्ट्रपति भण्डारीले निर्वाचन आयुक्तहरुसँग छलफल गरेकी थिइन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो मात्रै राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री र अन्य चार चार मन्त्री र राज्यमन्त्री नियुक्त गरेका थिए ।
राप्रपाकै नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् भने कुन्ती शाही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । कसैको पनि मन्त्रालय तोकिएको छैन ।