नेपाली सेनाको प्रवक्तामा सहायक रथी दाहाल
नेपाली सेनाले सहायक रथी नैनराज दाहाललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ ।
हालका प्रवक्ता सहायक रथी कडायतको सुदूरपश्चिम पृतनामा सरुवा भएपछि पूर्वी पृतनामा चिफ अफ स्टाफ रहेका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो ।
कडायतले सहायक रथी दाहाललाई केही दिनपछि प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने सेनाले जनाएको छ ।