मन्त्रिपरिषद विस्तार, कमल थापा उपप्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री सहित अन्य चार मन्त्री थपेका छन् ।
राप्रपाका दिनानाथ गिरी, जयन्त चन्द, विक्रम थापा बिनाविभागीय मन्त्री नियुक्त भएका छन् भने कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई पनि मन्त्रालय नतोकी राज्यमन्त्री नियुक्त गरिएको छ ।
राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले मन्त्रीहरु नियुक्त भएको भए पनि राष्ट्रपति कार्यालयबाट शपथग्रहणको भने खबर आइनसकेको बताए ।
माओवादीले प्रमुख विपक्षी एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले माओवादी मन्त्रीहरुलाई निस्कासन गर्ने र नवनियुक्त मन्त्रीहरुलाई मन्त्रालय तोक्ने तयारी गरेको बुझिएको छ ।
राप्रपाले दुई दिनअघि मात्रै देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
देउवा व्यवस्थापिका–संसदको कार्यकाल सकिएपछि माओवादी मन्त्रीलाई बर्खास्त गर्ने योजनामा छन् ।