समाचारशुक्रवार, आश्विन २७, २०७४

चिकित्सा शिक्षा विधेयकमा सहमति जुटेन

हिमालखबर

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।

तस्वीरः सभामुखको सचिवालय

२७ असोजमा दलहरुबीच सहमति जुटाउन सभामुख ओनसरी घर्तीको पहलमा तीन दलका शीर्ष नेताको बैठक बसेको थियो ।

दलहरुबीच सहमति नभएपछि विधेयक कार्यसूचीमा ल्याउने प्रयास असफल भएको छ । आजको बैठक संसद्को अन्तिम बैठक हो । योसँगै चिकित्सा शिक्षा विधेयक पास नहुने पक्का भएको छ ।

प्रा. डा. गोविन्द केसी माथेमा आयोगको प्रतिवेदनअनुसार विधेयक पारित हुनुपर्ने भन्दै अनशन बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस