समाचारशुक्रवार, आश्विन २७, २०७४

धनकुटाका प्रतिनिधिले गोप्य निर्णय गर्दै तोके सुविधा

हिमालखबर

धनकुटा नगरसभाका पदाधिकारी एवं सदस्यले १ असोजबाट लागू हुने गरी सेवा सुविधा लिने गोप्य निर्णय गरेका छन् ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ १५ दिने चीन भ्रमणमा गएका बेला उपमेयर शकुन्तला बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले सेवा सुविधा लिने गरी गोप्य निर्णय गरेको थियो ।

निर्णयअनुसार मेयरलाई मासिक रु ४५ हजार, उपमेयरलाई रु ३५ हजार, वडाध्यक्षलाई रु २५ हजार नगरसभाका आठ सदस्यसहित कार्यपालिका बोर्डका अल्पसंख्यक, सीमान्तकृत, दलित, महिला समुदायबाट मनोनीत सदस्यलाई जनही रु २५ हजारका दरले पारिश्रमिक दिने तय भएको थियो ।

१० वटा वडा रहेको धनकुटा नगरका ४० जना वडा सदस्यले भने प्रति बैठक एक हजार भत्ता पाउने निर्णय भएको थियो ।

बैठकमा १० वटै वडाका वडाध्यक्षलाई मोटरसाइकलसमेत खरिद गर्ने प्रस्ताव वडाध्यक्षबाट आए पनि बोर्डका अन्य सदस्य एवं पदाधिकारीले सहमति नजनाउँदा निर्णय हुन सकेको थिएन । रासस

प्रतिकृया दिनुहोस