समाचारशुक्रवार, आश्विन २७, २०७४

आज रुपान्तरित संसदको अन्तिम बैठक

हिमालखबर

संविधान जारी भइसकेपछि संविधानसभाबाट व्यवस्थापिका संसद‌मा रुपान्तरण भएको संसद्को आज अन्तिम बैठक बस्दैछ ।

संविधानको संक्रमणकालीन व्यवस्था अनुसार प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने दिनभन्दा एकदिन अघिसम्म मात्रै हालको व्यवस्थापिका संसद कायम रहने उल्लेख छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारी दर्ता गर्नका लागि २९ असोज, आइतबारको म्याद तोकेको र शनिबार विदा हुने भएकोले आज, शुक्रबार नै यो संसदको अन्तिम बैठक हुने भएको सभामुखको सचिवालयले जनाएको छ ।

आज अन्तिम दिन दलहरुबीच राष्ट्रिसभा निर्वाचन र चिकित्सा शिक्षा विधेयकबारे सहमति जुटाउन प्रयास भइरहेको छ । यि विधेयकहरुमा दलहरुबीच अहिलेसम्म मतैक्य हुनसकेको छैन ।

संसद सचिवालयका अनुसार यो संसदले ८० भन्दा बढी विधेयक पारित गरेको छ तर दलहरुबीच सहमति नबन्दा राष्ट्रियसभा निर्वाचन कानून र मुलुकको चिकित्सा शिक्षा क्षेत्रलाई व्यवस्थित गर्ने चिकित्सा शिक्षा विधेयक पारित हुनसकेको छैन ।

 

प्रतिकृया दिनुहोस