समाचारशुक्रवार, आश्विन २७, २०७४

विश्व ब्यांकको सम्मेलन शुरु

हिमालखबर

विश्व ब्यांकको बोर्ड अफ गभर्नस र मुद्रा कोषको वार्षिक सम्मेलन आजदेखि शुरु भएको छ ।

अमेरिकाको वासिङ्टनमा शुरु भएको सम्मेलनमा नेपालकाे तर्फबाट राष्ट्र ब्यांक र अर्थ मन्त्रालयका अधिकारी सहभागी भएका छन् ।

सम्मेलनमा नेपालले पछिल्लोपटक हासिल गरेको आर्थिक वृद्धि र वित्तीय अवस्थाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने छ ।

सम्मेलनलाई आज ब्यांकका अध्यक्ष जिम योङ किम र अन्तर्राष्ट्रिय मुद्रा कोषका व्यवस्थापकीय निर्देशक क्रिष्टिना लेगार्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

विश्व ब्यांक र मुद्राकोषले पूर्वाधार विकास, वित्तीय व्यवस्थापन, खर्च प्रक्रिया, मानवीय स्वभाव, स्वास्थ्य, शिक्षा, सुशासन र दिगो आर्थिक क्रियाकलापको विषयमा विश्वभरका सरकारी तथा गैरसरकारी निकायको सहभागितामा वार्षिक रुपमा सम्मेलनको आयोजना गर्दछ ।

सम्मेलनमा डिजिटल अर्थतन्त्र, प्राकृतिक विपत्तिपछिको आर्थिक समुन्नति, सडक सञ्जाललगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिकृया दिनुहोस