समाचारबिहिवार, आश्विन २६, २०७४

जमुना गुरुङले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने

हिमालखबर

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा जमुना गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

उनी वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती हुन् । आज, २६ असोजमा काठमाडौंमा पत्रकार सम्मेलको आयोजना गरी गुरुङले गैरआवासीय नेपालीहरुको अपेक्षा पूरा गर्न, महिला सशक्तिकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्न, संघले निर्माण गरिरहेका मेगा परियोजनालाई समयमै सम्पन्न गर्न लगायतका कामका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताइन् ।

वर्तमान उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टीबी कार्कीले पनि यसअघि नै अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरिसकेका छन् ।
एनआरएनएको आठौं विश्व सम्मेलन शनिबार, २८ असोजदेखि काठमाडौंमा हुँदैछ ।

प्रतिकृया दिनुहोस