समाचारबुधवार, आश्विन २५, २०७४

गोली हानी सुन व्यवसायीको हत्या

हिमालखबर

सर्लाहीमा सुन व्यवसायीको गोली हानी हत्या गरिएको छ । २४ असोज साँझ पसलबाट घर फर्किदै गर्दा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

सर्लाहीको हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका कविलासी गाउँपालिका–३ पिपरियाका २७ वर्षीय सुनिल साहको गोली हानी हत्या गरिएको हो ।

उनका बुवा नागेन्दर साहका अनुसार, साँझ पसल बन्द गरेर मोटरसाइकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका तीन÷चार जनाको समूहले मोटरसाइकल रोक्न लगाएर नगद तथा सुन, चाँदी लुटन खोजेका थिए ।

सर्लाही प्रहरीका अनुसार, प्रतिकार गर्न खोज्दा लुटेराले सुनिललाई गोली हानेका थिए । गम्भीर घाइते उनलाई सर्लाही जिल्ला अस्पताल पु¥याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए । रासस

प्रतिकृया दिनुहोस