माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु
माटोको ढिस्कोले पुरिएर रौतहटमा एक बालिकाको मृत्यु भएको छ ।
२४ असोजमा रौतहटको मौलापुर नगरपालिका–१ की १५ वर्षीया गुडीकुमारी महतोको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
गाउँभन्दा एक किलोमिटर टाढा फतुवा विजयपुर नगरपालिका–१ गम्हरियास्थित लालबकैया नदीमा घर लिपपोत गर्ने कमेरो माटो निकाल्दा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय, सन्तपुरले जनाएको छ ।
-सञ्जय मित्र, रौतहट