समाचारमंगलवार, आश्विन २४, २०७४

एएफसीका अध्यक्ष खालिफा नेपालमा

हिमालखबर

एशियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा नेपाल आएका छन् ।

दुईदिने भ्रमणका लागि अध्यक्ष खालिफासँगै एएफसीका अन्य पदाधिकारी २४ असोजमा नेपाल आएका हुन । उनीहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणि कुँवर, महासचिव धीरेन्द्र प्रधान, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलगायतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

अध्यक्ष खालिफाले २५ असोजमा एन्फा हाउसमा अध्यक्ष श्रेष्ठसँग बैठक गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस