समाचारमंगलवार, आश्विन २४, २०७४

काठमाडौंबाट धनगढी जादै गरेको बस दुर्घटना, तीनजनाको मृत्यु

हिमालखबर

काठमाडौंबाट धनगढीतर्फ जादै गरेको ना.४ ख.८२५५ नम्बरको बस २४ असोजमा बाँकेको राप्तीसोनारी गाउँपालिका–१, कुसुम, लौकीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।

शिक्षण अस्पताल, कोहलपुरमा घाइते ।

दुर्घटनामा परी सूर्यदल गण बिराटनगरमा कार्यरत महेन्द्रनगरका २२ वर्षीय रविन्द्र पाण्डे, बैतडीको रुद्देश्वर–४ की ४५ वर्षीया बाहिनी बोहरा र ५५ वर्षीय बैजान बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोहलपुर–११ का तुलसी रेग्मी, कैलालीको धनगढी उपनगरपालिकाका रामसिंह ठकुल्ला, बर्दियाको पाताभार–५ का सुरेन्द्र बोहरा, दार्चुलाको मनिकार्जुन–७ का दुर्गा बोहरा, कञ्चनपुरको कृष्णपुरका दुर्गा चौधरी, कैलालीको गोदावरी नगरपालिका–१ का भीमबहादुर बलायर गम्भीर घाइते भएका छन् । उनीहरुको शिक्षण अस्पताल, कोहलपुरमा उपचार भइरहेको छ ।

बस अनियन्त्रित भइ खोलामा खसेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोख्रेलले बताए ।
-केबी क्षेत्री, बाँके

प्रतिकृया दिनुहोस