समाचारसोमवार, आश्विन २३, २०७४

राप्रपा सरकारमा सहभागी हुने

हिमालखबर

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

पार्टीको आज बसेको आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

बैठकमा अधिकांश नेताले सरकारमा सहभागी भएर निर्वाचनको वातावरण बनाउन सुझाव दिएका थिए । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई सुनिश्चित बनाउन सरकारमा सहभागी हुनुपर्ने नेताहरुको धारणा थियो ।

बैठकमा अध्यक्ष कमल थापाले नेपाली कांग्रेसले सरकार र गठबन्धनमा सहभागी हुन गरेको प्रस्तावका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै बैठकले वृहत लोकतान्त्रिक गठबन्धनमा सहभागी भई निर्वाचनमा जाने निर्णय गरेको छ । रासस

प्रतिकृया दिनुहोस