समाचारसोमवार, आश्विन २३, २०७४

मानवता विरुद्धको अपराधको जिम्मेवारी लिदैनौंः खनाल

हिमालखबर

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकीकरण भएपनि सशस्त्र द्वन्द्वको समयमा माओवादीले गरेका मानवता विरुद्धका अपराधको जिम्मेवारी नलिने बताएका छन् ।

२३ असोजमा झापामा पत्रकारहरुसँगको भेटमा खनालले भने, “द्वन्द्वका समयमा भएका मानवता विरुद्धका अपराधको जिम्मेवारी माओवादीले नै लिन्छ, हामीले लिदैनौं ।” रुपान्त्रित माओवादीसँग एकता हुन लागेको उनको भनाइ थियो ।

१० र २१ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा एउटै चुनाव चिह्न लिने विषयमा छलफल भइरहेको बताए । नेकपा (माओवादी केन्द्र), नयाँ शक्ति पार्टी, नेपाललगायत वामपन्थीहरुसँगको एकता कसैका विरुद्ध लक्षित नभएको उनको भनाइ थियो ।

इलाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदावरमा सिफारिस भएपछि इलाम जाने क्रममा झापा पुगेका हुन ।
-गोपाल गड्तौला, झापा

प्रतिकृया दिनुहोस