समाचारसोमवार, आश्विन २३, २०७४

तीर्थयात्री बोकेको जीप दुर्घटना, दुईको मृत्यु

हिमालखबर

ताप्लेजुङको पाथिभरा दर्शन गरेर फर्किदै गरेका तिर्थयात्री चढेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

२३ असोज बिहान फुङलिङ नगरपालिका–१० छातेढुंगास्थित सुकेटार पाथिभरा सडक खण्डमा मे. १ ज. १३०८ नम्बरको जीप दुर्घटना हुँदा मोरङको उर्लावारी–४ की २५ वर्षीय अनिता थापा घिमिरे र ३० वर्षीय होमनाथ घिमिरेको मृत्यु भएको हो । अनिताको घट्नास्थलमै र होमनाथको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार, दुर्घटनामा उर्लावारीकै २० वर्षीय अनिलजंग थापा, २६ वर्षीय दिलिप घिमिरे र इलामको चमैताका चालक अमिक श्रेष्ठ घाइते भएका हुन् । घाइते तीनैजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उनीहरुलाई थप उपचाकार लागि बिर्तामोडतर्फ पठाइएको छ ।

जीप घुम्तिमा मोड्न नससकिएपछि भीरमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
-लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस