समाचारसोमवार, आश्विन २३, २०७४

नेकपा (संयुक्त) माओवादी केन्द्रसँग मिल्दै

हिमालखबर

नेकपा (संयुक्त)ले नेकपा (माओवादी केन्द्र)सँग एकीकरण गर्ने भएको छ । २५ असोजमा एकीकरण गर्ने कार्यक्रम तय गरिएको छ ।

नेकपा संयुक्तका संस्थापक नेता चन्द्रदेव जोशी ।

१८ असोजमा संयुक्तको पोलिटब्यूरो बैठकले माओवादी केन्द्रसँग एकीकरण गर्ने निर्णय गरिसकेको स्रोतले जनाएको छ । त्यस्तै पोलिटब्यूले प्रतिनिसभा र प्रदेश सभाको निर्वाचन माओवादी केन्द्रको कोलाकारभित्रको हसिया हतौडा चुनाव चिह्नमा लड्ने निर्णय गरिसकेको जनाएको छ ।

२३ असोज दिउसो १२ बजे संयुक्तको केन्द्रीय कमिटी बैठक बस्दैछ । सो बैठकले एकीकरणको निर्णयलाई अनुमोदन गर्ने जनाएको छ ।

लामो समयदेखि संयुक्तको नेतृत्व चन्द्रदेव जोशीले गर्दै आएका थिए । संस्थापक नेता जोशीले स्वेच्छिक रुपमा नेतृत्व छोडेपछि गणेश साह अध्यक्ष रहेका छन् । अहिले व्यवस्थापिका संसदमा संयुक्तका तीन सांसद छन् ।

प्रतिकृया दिनुहोस