सिटी एक्स्प्रेस मनी ट्रान्सफर 'उत्सव एक्स्प्रेस' योजनाको विजेता घोषित
सिटी एक्स्प्रेस मनी ट्रान्सफरले 'उत्सव एक्स्प्रेस' योजनाको २९ भदौदेखि २१ असोजसम्मको विजेता घोषणा गरेको छ ।
कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको नाम घोषणा गरेको हो । सिटी एक्सप्रेसकाअनुसार चाँदीको सिक्का १८ जनाले जितेका छन् भने दुई जनाले ओप्पो फोन जितेका छन् ।
सिटी एक्स्प्रेसले दशैं, तीहार र छठलाई लक्षित गर्दै उपहार योजना सञ्चालन गरिरहेको छ ।
सिटी एक्स्प्रेसकाअनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदी जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा एक जनाले ओप्पो मोबाइल र हरेक महीना एक जनाले एलजीको रेफ्रिजिरेटर जित्नेछन् ।
बम्पर उपहारका रुपमा एक जनाले रेनल्टको क्विड कार जित्ने कम्पनीले जनाएको छ ।