चार वटा वडाका लागि एउटै सचिव
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चार वटा वडाको काम एउटै सचिवले सम्हाल्दै आएका छन् ।
अमिनको दरबन्दीमा नियुक्त हेमराज अवस्थीले वडा नं २, ३, ४ र ५ को काम वडा सचिवका रुपमा सम्हाल्दै आएका छन् ।
कर्मचारी अभावले नगरपालिकाले संयुक्त वडा कार्यालय सञ्चालन गरी सेवा दिँदै आएको छ ।
वडा नं ८, ९ र १० मा समेत एकजना मात्रै कर्मचारी वडा सचिवका रुपमा कार्यरत रहेका छन् । त्यसैगरी, वडा नं ६, ७ र ११ का लागि समेत एकजना मात्रै सचिव छन् ।
कर्मचारीको तत्काल व्यवस्था गरिदिन प्रमुख जिल्ला अधिकारीलाई बारम्बार आग्रह गर्दा पनि कर्मचारी पाउन नसकिएको मेयर दीलबहादुर ऐरले जानकारी दिए । रासस