वित्त सम्बन्धी दुई विधेयक पारित
व्यवस्थापिका–संसद्को आजको बैठकले वित्तसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ ।
बैठकले ‘अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक’ र ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक’ पारित गरेको हो ।
बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलपछि उक्त विधेयक बहुमतले पारित भएको हो ।
छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री कार्कीले संघ, प्रदेश र स्थानीय तहमा प्राकृतिक स्रोत साधन र राजश्व बाँडफाँट गर्न आयोग गठन अनिवार्य रहेको औँल्याएका थिए ।
संसद्को अर्काे बैठक २२ असोज अपराह्न १ बजे बस्नेछ ।