आइक्यानलाई नोबेल शान्ति पुरस्कार
यस वर्षको नोबेल शान्ति पुरस्कार परमाणु हतियारमाथि प्रतिबन्ध लगाउन पैरवी गरिरहेको अंतर्राष्ट्रीय समूह (आइक्यान) लाई प्रदान गरिएको छ।
नोबेल समितिकि अध्यक्ष बेरिट राइस(एण्डरसन, ले उक्त समूहले परमाणु अस्त्रमाथि प्रतिबन्ध लगाउने सन्धी ल्याउन गरेको महत्वपूर्ण प्रयासका लागि उक्त पुरस्कार दिइएको बताएकी छन्।
जुलाईमा १२२ राष्ट्रहरुले सबै परमाणु अस्त्रमा प्रतिबन्ध लगाई अन्ततः निर्मूल पार्नका लागि बनाइएको संयुक्त राष्ट्रसंघको सन्धिमा हस्ताक्षर गरेका थिए।
तर ब्रिटेन र अमेरिकासहितका विश्वका ९ वटा परमाणु शक्ति सम्पन्न राष्ट्रहरुमध्ये कसैले पनि त्यसमा हस्ताक्षर गरेका छैनन्।
सयौं गैरसरकारी संस्थाहरु सम्मिलित यसको स्वीटजरल्याण्डको जिनिभामा मुख्यालय रहेको 'इंटरनेशनल कैम्पेन टू अबोलिश न्यूक्लियर वेपन्स' (आइक्यान) १० वर्ष पहिले स्थापना भएको हो । उक्त संस्थामा सयौं गैरसरकारी संस्थाहरु सम्मिलित छन् ।