भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायद्वारा राजीनामा
भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् ।
राजदूत उपाध्यायले उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा पत्र बुझाएका छन् ।
राजनीतिक जीवनमा फर्कनका लागि पदबाट राजीनामा दिएको उपाध्यायले बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका उपाध्याय कपिलवस्तुबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन् ।
रासस
* यो समाचारको शीर्षकमा यसअघि अन्यथा भएकोले स-खेद सच्याइएको छ ।